दलदलमा फुटबल

- शब्द/तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

घरदेखि बजार । स्कुलदेखि अफिस । आँगनदेखि खेत । बच्चादेखि बूढा । महिलादेखि पुरुष । सहरदेखि गाउँ । माहोल विश्वकप फुटबलको छ ।

सबैलाई रुसमा भइरहेको एक्काइसौँ संस्करणको विश्वकप फुटबलको ज्वरोले छोएको छ । जता जाऔँ कुरा विश्वकपकै सुनिन्छ । १५ असारमा देशैभर धान दिवस मनाइरहँदा पनि ललितपुरको लेलेस्थित खेतमा युवाहरु फुटबल नै खेलिरहेका थिए ।

नेपाल पर्यटन बोर्ड र ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले आयोजना गरेको रोपाइा कार्यक्रममा स्थानीय युवा र आन्तरिक पर्यटकले फुटबल खेलेर मज्जा लिए । 

प्रकाशित: असार २१, २०७५

ट्याग: चित्रपट