मेयरलाई बधाई

- छुल्याहा गुरु

१० महिनामा २५ प्रतिशत मात्र बजेट खर्च गरेकामा काठमाडौँ महानगरपालिका (कामपा) लाई बधाई दिनैपर्छ । ७५ प्रतिशत धनराशि जो जोगाइदिएको छ । पैसा जोगाउन जो–कसैले कहाँ सक्छ र ? असार लागेकाले अलिअलि सडकमा खनजोत गरेर देखाउनु परेर मात्रै, नभए अझ पनि बचत गरेर देखाउन सक्थ्यो होला ।

सरकारले कामपालाई भ्वाङ परेको सडक टाल्न, सहरलाई धूलो र हिलोमुक्त पार्न, हरियोपरियो पार्न, भत्केको सम्पदा बनाउन, चिटिक्क पार्न भनेर एक वर्षका लागि बजेट दिएकै हो । बजेट दियो भन्दैमा ह्वारह्वार्ती खर्च गर्नु पनि त भएन । काठमाडौँ जे छ, ठीकै छ । कामपा एउटा मितव्ययी संस्था बनेको छ । देशको अर्थतन्त्रमा समेत विशेष टेवा पुर्‍याएकामा मेयरसाबलाई फेरि पनि बधाई ।

प्रकाशित: असार २१, २०७५