सम्पादित तस्बिर चिन्ने प्रविधि

- विभु लुईटेल

फोटोसप सफ्टवेयर निर्माण गरेको कम्पनी एडोबीले कुनै तस्बिर फोटोसप प्रयोग गरी सम्पादन गरिएका छन् कि छैनन् भनी पहिचान गर्ने प्रविधि ल्याएको छ । 

मसिन लर्निङ प्रयोग गरी बनाइएको उक्त सफ्टवेयर अहिले प्रशिक्षण कालमा रहेको र छिट्टै आममानिसको पहुँचमा पुर्‍याइने बताइएको छ । 

कतिपय अवस्थामा वास्तविक र फोटोसप गरिएको तस्बिरबीचको भिन्नता छुट्याउन मानिसलाई निकै गाह्रो पर्छ । त्यस्तो परिस्थिति सहज बनाइदिन एडोबीले ल्याएको यो प्रविधि सराहनीय त छ नै, यसले ईमेज म्यानिपुलेसनबारे थप अध्ययन–अनुसन्धान गर्ने ढोका पनि खोलिदिएको छ । 

अचेल कुनै व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले उसका फोटोसप गरिएका तस्बिर सामाजिक सञ्जालमा प्रकाशित हुने क्रम बढ्दो छ । यस्तो अपराध नियन्त्रण गर्न यो प्रविधिले निर्णायक भूमिका खेल्न सक्छ ।

प्रकाशित: असार २०, २०७५