दम्पतीको धपेडी

- नेपाल संवाददाता

फिल्म बुलबुल घोषणा गरियो १२ असारमा । त्यही दिन फिल्म प्रसादको शुभमुहूर्त भयो । यहाँ यी दुई फिल्मलाई किन जोडिँदैछ भने बुलबुलमा स्वस्तिमा खड्का र प्रसादमा उनकै पति निश्चल बस्नेतको मुख्य भूमिका छ । एकै दिन यो जोडीले नयाँ फिल्ममा काम सुरु गरेको छ । स्वस्तिमाको जय भोले र नाइँ नभन्नु ल ५ प्रदर्शन हुन बाँकी छ । छक्का पञ्जा ३ मा समेत अभिनय गरेकी छन् । उता, निश्चल पनि निर्देशनभन्दा अभिनयमा रमाउन थालेका छन् । सुरुमा उनको भूमिकामा नवीन मानन्धर थिए । तर, सुटिङ सुरु हुनु केही अगाडि निश्चलको ‘इन्ट्री’ भयो । यी दुई फिल्मको छायाँकन सकिएपछि निश्चल–स्वस्तिमा डामाडोल नामक फिल्ममा एकसाथ देखिए भने अचम्म नमाने हुन्छ । यतिबेला दुवैको क्रेज जो छ । 

प्रकाशित: असार २०, २०७५