डोटा–२ खेल्ने ओपन एआई बोट

- विभु लुईटेल

आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा अनुसन्धान गर्ने कम्पनी ओपन एआईले बनाएका गेम बोट मानिसलाई पराजित गर्न सक्ने भएका छन् । सामान्य मानिसले आफ्नो जीवनकालमा खेल्न नसक्ने संख्याका गेम यी बोटले रिइन्फोर्समेन्ट लर्निङ पद्धति अवलम्बन गरी खेलिसकेका छन् । यस्तो गहन प्रशिक्षणमा सफलतापूर्वक सम्मिलित भइसकेका ओपन एआई बोटलाई परास्त पार्न शक्तिशाली गेमरहरुलाई हम्मेहम्मे पर्नेमा कुनै दुईमत छैन ।

खेलमा भएका १ सय १५ हिरोमध्ये अहिले ओपनएआई बोट पाँच वटासँग मात्र खेल्न सक्छन् । अदृश्य हुन सक्ने फिचर प्रयोग गर्न यिनलाई अहिले प्रशिक्षित गरिएको छैन । थप अनुसन्धानपछि 

यी सबै सम्भव हुने ओपन एआईका वैज्ञानिक बताउँछन् । अन्तर्राष्ट्रिय डोटा समुदायले ओपन एआईको यस कार्यलाई सराहना गरेको छ ।

प्रकाशित: असार १९, २०७५