नस्लीय सफ्टवेयरमा सुधार

- विभु लुईटेल

रंगभेदका कारण चौतर्फी विरोध भएपछि माइक्रोसफ्टले आफ्नो फेसियल रिकग्निसन सफ्टवेयरमा उल्लेखनीय परिवर्तन ल्याएको छ । कालो वा खैरो छाला भएका महिलाको गलत उमेर देखाइदिने मात्र नभएर उनीहरुलाई पुरुष भनी वर्गीकरण गरिदिनाले एसियाली तथा अफ्रिकी मूलका अधिकांश महिलाले यसको विरोध गरेका थिए ।

अधिकांश फेसियल रिकग्निसन सफ्टवेयरले सबै प्रकारका मानिसको इमेज डाटा संकलन गरेका हुन्छन् । यस्ता एप्लिकेसनमा कमभन्दा कम त्रुटि हुन्छन् । हरेकचोटि प्रयोगकर्ताले फेसियल रिकग्निसन प्रयोग गर्दा तिनका अनुहारका बनावट यिनले स्टोर गरेर राख्छन् । माइक्रोसफ्टजस्तो विशाल र लोकप्रिय कम्पनीले यसमा ध्यान नदिएकाले यसका डेभलपरको कार्यक्षमतामाथि प्रश्न उठ्ने नै भयो ।

प्रकाशित: असार १८, २०७५