मलिनालाई मर्कै–मर्का

- नेपाल संवाददाता

मिस नेपालको ताज चुमेपछि मलिना जोशी फिल्ममा देखापरिन् । तर, डेब्यु फिल्म ऋतु नै उनका लागि सुखद रहेन । न नाम कमायो, न त दाम । तैपनि, सुन्दर मुहारकी धनी मलिनालाई फिल्मको कमी भएन । समस्याले तब थिच्न थाल्यो, जब उनी अभिनीत फिल्म भटाभट फ्लप हुन थाले । द वीनर, झुम्की, रानी, संरक्षण, लीला यही सूचीमा पर्छन् । यो असफल यात्रामा ‘ब्रेक’ लगाउने आशा थियो, तिमी हुन्छौ जहाँ जहाँले । ८ असारमा प्रदर्शन भयो । अन्य ठूला ब्यानरका फिल्मसँग जुध्नु परेन । मौका ठूलो थियो । तैपनि, यसले सुरुआतबाटै दर्शकको खडेरी सामना गर्नुपर्‍यो । 

न सकारात्मक प्रतिक्रिया नै पायो । मलिनालाई कति मर्का परेको होला कुन्नि ! 

प्रकाशित: असार १८, २०७५