महानगरले खायो ‘घाास’

- अर्जेल काका

तीन महिनामै काठमाडौँलाई हराभरा बनाउने कसम खाएका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई स्थानीय सम्पदाप्रेमीले ‘घाास’ पुरस्कार दिएछन् । घाँस पुरस्कार उनको योग्यताको सोह्रै आना कदर हो । किनभने, मेयरसाबले रानीपोखरीलाई बहादुरीपूर्वक ‘चौर’मा परिणत गरिसकेका छन् । पुरस्कारस्वरुप पहिलो वर्षमै घाँस पायो, दोस्रो वर्षमा के टक्र्याउने मेयरज्यू ?

प्रकाशित: असार १४, २०७५