गुगलका उपकरण ह्याकरमैत्री

- नेपाल संवाददाता

गुगल होम र गुगल क्रोमकास्ट उपकरण ह्याक हुने देखिएपछि विश्वबजारमा ह्याकरमाझ खुसी छाएको छ भने गुगलका पदाधिकारी तनावमा छन् ।

ट्रिपवायरका अनुसन्धानकर्ता क्रेग योङको एक ब्लग पोस्ट अनुसार डिएनएस रिबाइन्डिङ प्रक्रिया अवलम्बन गर्दा यी उपकरण ह्याक गर्न सम्भव हुने गर्छ । यो प्रक्रिया अपनाउँदा कुनै संक्रमित सफ्टवेयरले यी उपकरणका माध्यमबाट नेटवर्कमा सजिलै प्रवेश गर्न पाउँछन् । त्यसपछि त्यहाँ रहेका संसाधनमा पहुँच बढाउन यिनलाई गाह्रो हुन्न । सुरुमा डिभाइसका स्थान मात्र ट्रयाक गर्न मिल्ने भनिए पनि थप अनुसन्धानले नेटवर्कमा रहेका सम्पूर्ण डाटा ह्याक हुने देखाएपछि प्रयोगकर्ता त्रसित छन् ।

प्रकाशित: असार १३, २०७५