भाग्यवादी कमरेडहरु

- लुकुवा बाजे

भाग्य ठूलो कि कर्म ? भाग्यलाई तुच्छ मानेर कम्युनिस्टहरुले कर्मको पक्षमा जति पनि बहस छेड्न सक्छन् । अझ नेपाली कम्युनिस्टले त जुगै बिताइदिन्छन् । तर, मुखले छि:छि दूरदूर गर्ने यही अस्वीकृत शब्द यी नास्तिकलाई खुब फापेको रैछ । हेर्नूस् त, राष्ट्रिय सभामा जागिर खाने लामो अवधिको चिट्ठाजति जम्मै कम्युनिस्टले कुम्लाएका । ६ वर्षे जागिरको चिट्ठा पाउने कम्युनिस्टको सूची भत्कनुअघिको धरहराजत्रो छ । कांग्रेसको सूची अहिलेको ठुटे धरहराजस्तो । भाग्यवादी कांग्रेसजन ओरालो लागेको मृगलाई बाछाले खेदेजसरी लखेटियो, भाग्यबाटै । यति पीडा त उसलाई अस्तिको चुनाव हार्दा पनि भएन होला । अब खुरुखुरु ‘भाग्यवाद’लाई सैद्धान्तिक बटमलाइन बनाउन केको अलमल हो कमरेडहरु । भाग्य बारम्बार चम्किँदैन है ।  

प्रकाशित: असार १३, २०७५