व्यापक बढे पर्यटक

- नेपाल संवाददाता

पछिल्लो केही महिनायता नेपालमा पर्यटकको संख्या बढेको खबर चिनियाँ समाचार एजेन्सी सिन्हवा नेटले दिएको छ । मे महिनामा मात्र ६८ हजार ८ सय २५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको र त्यो संख्या पोहोरको भन्दा १२.५ प्रतिशत धेरै भएको अध्यागमन विभागले जनाएको छ ।

सार्क मुलुकबाट आउने पर्यटकको संख्यामा २.२ प्रतिशत वृद्धि भएको देखिन्छ भने चीन र तिब्बतबाट मात्र आउने पर्यटक २५.२ प्रतिशतले बढेका छन् । सन् २०१७ मा वर्षभरि नेपाल भित्रिने पर्यटकको संख्या ९ लाख ४० हजार २ सय १८ थियो । यो वर्ष सोभन्दा ज्यादा पर्यटक आउने अध्यागमन विभागका पदाधिकारीको दाबी छ । सिन्हवा नेटले लेखेको छ, ‘०७२ को भूकम्पमा क्षतिग्रस्त नेपालका संरचनाको पुन:निर्माण गर्न पर्यटन विकासबाहेक अरु कुनै विकल्प छैन ।’ 

प्रकाशित: असार १०, २०७५

ट्याग: विदेशबाट