नेपालीमार्का दूध

- छुल्याहा गुरु

दूधमा युरिया र सोडा मिसाइने भन्ने खबरले हल्लीखल्ली मच्चियो । चियाको चुस्की लिँदै अखबार पढ्नेहरुले वाकवाक गर्न थाले । आइन्दा दूध खाइन्नँ भनेर कान समात्नेहरुको संख्या ह्वात्तै बढ्यो । दूध चियाको बजार स्वात्तै झर्‍यो । कालो चियाको माग ह्वात्तै बढ्यो । 

दूध कारखाना नेपालीको स्वास्थ्यप्रति चिन्तित छन् भन्ने कसैले बुझ्दै बुझेनन् । किसानले त कारखानामा खालि दूध बेच्छ । दूध पिउँदा ग्यास्ट्रिक हुन्छ । ग्यास्ट्रिकको औषधि हो सोडा । त्यसैले नेपाली मार्काको रोग नलागोस् भनेर सोडा मिसाइएको खै बुझेको ? हलक्क बढोस् भनेर बिरुवालाई युरिया खुवाइन्छ । त्यही युरिया मान्छेले खान पाए ज्यान पनि खाइलाग्दो हुन्छ । यही कारणले दूधमा युरिया मिसाइएको 

खै बुझेको ? छुल्याहा गुरुको हुल्याहा कुरा कहिले बुझ्ने ?

प्रकाशित: असार ८, २०७५