विश्वकप भविष्यवाणी

- विभु लुइटेल

 

विश्वकप फुटबल सुरु भइसकेको छ र सबैले आफ्नो प्रिय टोलीको चयन गरिसकेका छन् । यसै सन्दर्भमा एन्द्रियास ग्रोल र युनिभर्सिटी अफ डर्टमन्डका केही अनुसन्धानकर्ता मिलेर बनाएको मसिन लर्निङ एल्गोरिदमले यस विश्वकपको विजेता जर्मनी हुने पूर्वानुमान गरेको छ । 

विभिन्न कारकतफ्वलाई लक्षित गरी प्रतिपादित यस सिद्धान्तमा र्‍यान्डम फरेस्ट अप्रोच नामक पारम्परिक तथ्यांकविधि प्रयोग भएको छ । समर्थकको अनुमानित संख्या, सहभागी राष्ट्रको फिफा र्‍याकिङ, प्रत्येक खेलाडीका व्यक्तिगत विशेषता आदि यसका अवयव मानिएका छन् । यी सबैलाई आधार मानी निर्माण गरिएको डिसिजन ट्रीले विश्वकप फाइनलमा जर्मनीले ब्राजिललाई परास्त गर्दै विजयध्वजा फहराउने सम्भावना रहेको देखाएको छ ।

प्रकाशित: असार ७, २०७५