बन्द हुँदै याहु मेसेन्जर

- विभु लुइटेल

प्रयोगमा आएको २० वर्षपछि याहु मेसेन्जरले आफ्ना सुविधा बन्द गर्ने भएको छ । १७ जुलाईदेखि यसका सम्पूर्ण सेवा बन्द हुने भए पनि यसमा भएका सम्पूर्ण डाटा ब्याकप गर्न प्रत्येक प्रयोगकर्तालाई ६ महिने समय दिइनेछ । यसको विकल्पका रुपमा याहुले स्क्वीरल नामक च्याट एप्लिकेसन ल्याउने भएको छ । 

आफ्नो २० वर्षे जीवनकालमा याहु मेसेन्जरले विभिन्न उतारचढाव पार गर्‍यो । सन् २००४ मा फेसबुकको आगमनसँगै यसको अस्तित्व नै संकटमा पर्न गयो । च्याट सेवामा मात्र सीमित याहु मेसेन्जरलाई फेसबुकका विभिन्न आयामका कारण कम रुचाइन थालियो । अझ सन् २०१३ मा यसका सम्पूर्ण डाटा ह्याक भए । २०१६ सम्म यो तथ्य आधिकारिक रुपमा बाहिर आएन । तथ्य बाहिर आएपछि पनि एक अर्ब अकाउन्टका विवरण मात्र चोरिएको भनियो । विज्ञहरुको टोलीको एक छानबिनमा एक अर्ब नभएर तीन अर्ब अकाउन्ट यसबाट प्रभावित भएको भेटियो । यस्तै, विभिन्न कारणले अब यसको २० वर्षे लामो यात्रामा पूर्णविराम लगाउन लागिएको हो ।

नेपालमा एउटा पिँढीले याहु मेसेन्जरकै माध्यमबाट इन्टरनेटसँग साक्षात्कार गर्ने मौका पायो । अन्य सामाजिक सञ्जाल नहुँदा यसमै साथी बनाउने र अन्तक्र्रिया गर्ने ठूलो जमातका लागि यो सधैँ अविस्मरणीय रहनेछ ।

प्रकाशित: असार ७, २०७५