प्रचण्ड–बादल बातचित

- भर्जिन ब्वाय

प्रचण्ड: मैले तपाईंलाई जति माया गरे पनि तपाईंलाई कुर्सी नफाप्दो रैछ कमरेड ।

बादल : अनि, कमरेड, यो कुरा रेड बुकमै लेखिएको छ कि तपाईंको निजी जोखना हो ? 

प्रचण्ड : पहिले पनि आर्मी चिफलाई चलाउनु भो र आफूसहित मलाई डुबाउनु भो । यसपालि 

पनि तपाईं मेरो घरबेटीलाई छुने कसरतमा हुनुहुन्छ ।

बादल : कुर्सी दाउमै राख्ने हो म त फेरि । सिन्डिकेट फुटाउने अभियानमा छु । ठगदार टाइपका ठेकेदार छोडिन्न, चाहे त्यो तपाईंकै घरबेटी किन नहोस् ।

प्रचण्ड : अनि, घरबेटीले मेरो बिजुली–पानी काटिदिए 

भने ? घर निकाला गरिदिए 

भने ? यहाँ डेरा पाउन कम गाह्रो 

छ ! सडकमा पुग्छु म त 

कमरेड ! उनैले भत्काएर छाडेको सडकका धूलोधुवाँ कसरी सहनु 

मैले ? केही उपाय खोज्नुपर्‍यो ।

बादल : सजिलो उपाय छ– म राजीनामा दिन्छु । र, तपाईं गृहमन्त्रीको सपथ खाँदै क्वार्टरमा सर्नूस् ।

(त्यसपछिको सन्नाटा र स्तब्धता दुवै कमरेडका लागि अप्रीतिकर रह्यो ।) 

 

प्रकाशित: असार ४, २०७५