प्रि–मनसुनले किसानलाई फाइदा

- नेपाल संवाददाता

मध्य जुनमा सुरु हुने मनसुन यस वर्ष चाँडै सुरु भएपछि किसानमा हर्षोल्लास छाएको छ । छिट्टै रोपाइँ गर्न पाउने भएपछि किसानले यसबाट लाभ प्राप्त गर्न सक्नेछन् । नेपालको कृषि क्षेत्रले कुल अर्थतन्त्रको २७.६ प्रतिशत धानेको छ । कृषिका आधुनिक विधिमा लगानी गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको हुँदा यस क्षेत्रले फड्को मार्ने निश्चित रहेको विज्ञहरु बताउँछन् ।

फिलिपिन्सको समाचार संस्था इन्क्वायरर डट नेट लेख्छ, “विभिन्न उद्योगका लागि अत्यावश्यक कच्चापदार्थ कृषिबाटै आउने भएकाले यो क्षेत्र विकसित हुँदै गएपछि त्यसको प्रत्यक्ष–परोक्ष प्रभाव अन्य उद्योगमा पनि पर्छ । त्यसैले कृषिको विकास नभई अन्य उद्योगको विकास नसोचे पनि हुन्छ ।”

अतिवृष्टिका कारण अघिल्लो वर्ष नेपालका ३१ जिल्लाका खेतीयोग्य जमिन प्रभावित भएको थियो । त्यसका बाबजुद पनि धान उत्पादन भने अन्य वर्षका तुलनामा धेरै भएको थियो ।

प्रकाशित: असार ३, २०७५

ट्याग: विदेशबाट