विश्वकप : पोलिसको ज्यान खतरामा

केही समययता पोल्यान्डमा लालसेनाका सम्मानमा निर्माण गरिएका करिब तीन सय सोभियत स्मारक ढालिए । सर्वत्र यसको विरोध भयो । रुसले खुलेर यस कार्यको भर्त्सना गर्‍यो । कानमा तेल हालेर बसेको पोल्यान्डले मतलब गरेन । परिणामस्वरूप, रुसमा एउटा ठूलो प्रतिशोधमुखी समूहको जन्म भयो । विश्वकप २०१८ मा आफ्नो देशको समर्थन गर्न रुस पुगेका पोलिस नागरिकमाथि आक्रमण गरी त्यो समूहले आफ्नो बल्झिएको घाउमा मलमपट्टी लगाउने योजना तयार पारेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा पोलिसप्रति प्रतिशोधको भावना व्यक्त गर्ने रुसीको संख्या बढ्दो छ । बदला लिनकै लागि गत मार्चमा रुसी विदेश मन्त्रालयले पोल्यान्डको लुकोस्थित केही सरकारी कार्यालयमा गरेको बम बिस्फोटले रुसी सरकारले पोलिसको सुरक्षाका निम्ति केही कदम चाल्ने संकेत नदेखाएको पोलिस अधिकारीले आरोप लगाएका छन् ।

 

प्रकाशित: असार १, २०७५