तेल र खेलको सम्बन्ध (विश्वकप २०१८)

विश्वकप फुटबलको अवसर पारेर रुसको राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले पेट्रोसन्धि यथावत् राख्दै पेट्रोलियम पदार्थ उत्पादनमा बृद्धि गर्नेबारे विशेष वार्ता गर्ने भएका छन् । विश्वकप २०१८ को पहिलो खेल यी दुई राष्ट्रका बीच मस्कोस्थित लज्निकी रंगशालामा अबको केही क्षणमै हुन गइरहेको छ ।

अमेरिकाले इरानमाथि पेट्रोलियममा लगाएको प्रतिबन्ध र भेनेजुएलामा पेट्रोलियम पदार्थमा हुँदै गइरहेको गिरावटका कारण ओपेकका सदस्य राष्ट्रमा नैराश्य छाएको छ । यसको निराकरणका उपायबारे छलफल गर्न विश्वकपभन्दा राम्रो अवसर अरू कुनै नहुने विज्ञहरू बताउँछन् ।

प्रकाशित: जेष्ठ ३१, २०७५

ट्याग: विश्वकप