केही सीप नलागेपछि...

- नेपाल संवाददाता

ऋतुबाट फिल्ममा फड्को मार्दा मलिना जोशीतिर धेरैको ध्यान तानिएको थियो । पूर्वमिस नेपाल जो थिइन् । ऋतु युनिटले प्रचार–प्रसारमा मलिनालाई नै प्राथमिकतामा राख्यो । तर, फिल्म रिलिज भएपछि न निर्माताको गोजी भरियो, न त दर्शकको अपेक्षा पूरा भयो । यसरी पहिलो खुड्किलामै ठेस लागेकी मलिनाको करिअरले अझ रफ्तार लिन सकेको छैन । 

यसबीच उनी अभिनीत द वीनर, रानी, झुम्की, संरक्षण, लीलालगायतका फिल्म रिलिज भए । तर, ऋतुको नियतिलाई रोक्न सकेनन् । ८ असारमा मलिनाको तिमी हुन्छौ जहाँ–जहाँ प्रदर्शन हुँदैछ । तर, प्रमोसनमा उनको सक्रियता देखिएको छैन । न फिल्मको ट्रेलरले नै चर्चा पाएको छ । कतै यो किनारा लाग्ने संकेत त होइन ? शंका छ । 

 

प्रकाशित: जेष्ठ ३०, २०७५