अपांगता भएकालाई स्मार्ट परिचयपत्र

- विभु लुइटेल

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अपांगता भएका व्यक्तिलाई लक्षित गरी स्मार्ट परिचयपत्रका माध्यमबाट त्यस्ता व्यक्तिको विवरण डिजिटाइजेसन गर्ने प्रविधि ल्याएको छ । प्रारम्भिक चरणमा काठमाडौँ, मोरङ र दैलेखका तथ्यांक संकलन गरी प्रयोगमा आएको यो प्रविधि अहिले नेपालका सबैजसो जिल्लामा ल्याइसकेको मन्त्रालयका अधिकारी बताउाछन् । यस प्रविधिले कार्डधनीको विवरण सर्भरबाट सहजै लिन मद्दत पुर्‍याउँछ भने अपांग सशक्तीकरणका लागि उपयोगी साबित हुनेछ । यस्तो प्रविधि अब एन्ड्रोइड र आईओएसमा आए झन् धेरै व्यक्ति लाभान्वित हुनेछन् ।

प्रकाशित: जेष्ठ २९, २०७५