सिक्वेलको हल्ला

- नेपाल संवाददाता

अर्पण थापा निर्देशित पहिलो फिल्म मुखौटामा राजेश हमाल, सौगात मल्ल, दयाहाङ राईजस्ता गतिला स्टार थिए । आक्रामक प्रमोसन गरियो । त्यसैले फिल्मले बक्स–अफिसमा तहल्का पिट्ने अपेक्षा थियो । भइदियो उल्टो । व्यापार मात्र होइन, समीक्षात्मक प्रतिक्रिया पनि नाजुक रह्यो । तर, त्यही बेला निर्देशक थापासहित निर्माण टोलीले मुखौटाको सिक्वेल बनाउने घोषणा गर्‍यो । तीन वर्ष बित्यो, नामोनिसान छैन । 

तर, अर्पणले फेरि अर्को फिल्मको सिक्वेल बनाउने उद्घोष गरेका छन्, सुनकेशरी । ११ जेठमा प्रदर्शित यस फिल्मले सुरुआती दुई दिन मात्र उत्साहजनक व्यापार गर्‍यो । त्यसपछि खडेरी सामना गर्नुपर्‍यो । तारिफ पनि बटुलेन । तर, सिक्वेलको डंका पिटिएको छ । त्यसैले अर्पणले सस्तो प्रचारमा रमाएको आरोप खेप्नुपरेको छ । 

 

प्रकाशित: जेष्ठ २९, २०७५