माछाविज्ञ ओली

- महर्षि

प्रधानमन्त्री उखान टुक्कामा माहिर भाषणबाज त हुँदै हुन्, त्यसभन्दा धेरै रेल, पानीजहाज र ‘पिट्ट स्वीच थिच्ने’ ग्यास चुल्होका स्वप्नद्रष्टासमेत हुन् । सँगै, उनी माछा कुहिनबाट जोगाउने रासायनिक पदार्थ फर्मालिनका समेत विज्ञ रहेछन् ।

ओली नेपाल–भारत व्यापार घाटाले अस्तव्यस्त अर्थतन्त्र धान्नुपर्ने बेला प्रधानमन्त्री छन् । त्यसैले उनको जोड माछा आयात रोक्नुमा छ । भनिदिए, ‘फर्मालिन हालेको माछा नखाए हुने । त्यसले १० वर्षमा मान्छेको प्रजनन क्षमता नपुंशक बन्छ । फेमिली प्लानिङ नेपालमा नगरे हुन्छ, माछा खाए पुग्छ ।’ 

प्रधानमन्त्रीको यो मन्तव्य, विद्वता हो कि विज्ञता ? 

प्रकाशित: जेष्ठ २९, २०७५