अब लामो भिडियो

- विभु लुइटेल

इन्स्टाग्राममा अहिले बढीमा एक मिनेटको मात्र भिडियो अपलोड गर्न मिल्छ । तर, अब एक घन्टासम्म लामो भिडियो पनि अपलोड गर्न मिल्ने तयारी भइरहेको सूचना वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको छ । यस सुविधासँगै इन्स्टाग्राम युट्युबको निकटतम प्रतिद्वन्द्वी बन्नेमा कुनै दुईमत छैन । छोटो भिडियो मात्र पोस्ट गर्न मिल्ने आरोपबाट पनि यो छिट्टै मुक्त हुनेछ ।

यो नयाँ विशेषता इन्स्टाग्राममा आएसँगै तेर्सो मात्र नभएर ठाडो भिडियो पनि पोस्ट गर्न मिल्न बनाइने यसका सञ्चालक बताउँछन् । इन्स्टाग्राम स्टोरीमा भने ठाडो स्वरुपमा खिचिएको भिडियो पनि पोस्ट गर्न मिल्छ । तर, पोस्टमा भने तिनले तेर्सो स्वरुप लिइहाल्छन् । यो सुविधा चाँडै सार्वजनिक हुने र यसले इन्स्टाग्रामलाई अझै परिस्कृत तुल्याउने यसका सञ्चालकको भनाइ छ । 

 

प्रकाशित: जेष्ठ २८, २०७५