हार्डवेयर बनाउँदै स्पटिफाई

- विभु लुइटेल

स्पटिफाईले गोप्य रुपमा हार्डवेयर बनाउन थालेको खबर बाहिर आएपछि सबैको चासो यसतर्फ बढेको छ । गीत, पोडकास्ट र भिडियो स्ट्रिमिङ गर्ने हाई–प्रोफाइल प्लेटफर्ममा स्पटिफाई पनि पर्ने गर्छ । म्युजिक एप्लिकेसनका रुपमा सीमित रहेको स्पटिफाईले हालै अमेरिकाको फेडरल कम्युनिकेसन्स् कमिसन (एफसीसी) मा वायरलेस हार्डवेयर उत्पादनका लागि दर्ता गरेको र अनुमति पनि पाएको तथ्य बाहिर आयो । यससँगै विभिन्न व्यक्तिका विभिन्न आकलन पनि देखिन थालेका छन् । म्युजिक एप्लिकेसन भएका कारण स्मार्ट स्पिकर आउने सम्भावना प्रबल छ । कुनै वेयरेबल ल्याउन सक्ने सम्भावना पनि नकार्न सकिँदैन । के उपकरण आउँदैछ, कसैलाई जानकारी छैन । तर, अनुमान भने सबैले गरिरहेका छन् ।

 

प्रकाशित: जेष्ठ २८, २०७५