भिडियोमै मस्त

- नेपाल संवाददाता

आँचल शर्मा अभिनीत तीन फिल्म प्रदर्शन भए, नाइँ नभन्नु ल ४, जोनी जेन्टलम्यान र शत्रुगते । तीनै फिल्ममा उनको अपोजिटमा थिए, पल शाह । नाइँ नभन्नु ल ४ र शत्रुगते हिट त भयो । तर, आँचलले खासै जस पाइनन् । कारण, नाइँ नभन्नु ल ४ मा बाल–कलाकार अनुभव रेग्मी र प्रियंका कार्की थिए भने शत्रुगतेमा हास्य कलाकारको हूल । तैपनि, आँचलको करिअरले तीव्रता पाउने विश्वास गरिएको थियो । तर, उनी म्युजिक भिडियोमै रमाइरहेकी छन् । 

शत्रुगतेपछि उनी औपचारिक रुपमा अन्य फिल्ममा अनुबन्ध भएकी छैनन् । पलसँग मात्र फिल्म खेल्न खोजेको आरोप पनि लाग्छ, जसलाई उनी नकार्छिन् । अब उनको प्रदर्शन हुन बाँकी फिल्म ब्ल्याक मात्र हो, जसको रिलिज मिति सरेर हैरान छ । 

प्रकाशित: जेष्ठ २८, २०७५