डिज्नीको ब्याक–फ्लिप गर्ने रोबोट

- विभु लुइटेल

चर्चित कार्टुन उत्पादन कम्पनी डिज्नीले हालै स्टिकम्यान नाम गरेको ब्याक–फ्लिप गर्न सक्ने रोबोट ल्याएको छ । सात फिट अग्लो स्टिकम्यान विश्वस्तरीय जिम्न्यास्टहरुलाई टक्कर दिन सक्षम रहेको यसका आविष्कारक बताउँछन् । यसमा गति सूचकका साथै दायरा तथा दूरी मापनयन्त्र जडान गरिएका छन् । यिनै सहयोगका कारण यो रोबोटले कुनै अवरोधबिना कलाबाजी देखाउन सक्छ । 

 

अमेरिकी इन्जिनियरिङ तथा रोबोटिक्स कम्पनी बोस्टन डाइनामिक्सले एक वर्षअघि ल्याएको एट्लस नामक रोबोट पनि ब्याक–फ्लिप गर्न सक्षम थियो । तर, बढी वजन भएका कारण धेरै समय लगाउँथ्यो । यो समस्या स्टिकम्यानमा भने देखिँदैन ।

प्रकाशित: जेष्ठ २४, २०७५