हिरोको साथ

- नेपाल संवाददाता

मिलन चाम्स निर्देशित फिल्म लिलीबिलीबाट अभिनय यात्रा सुरुआत गरिन्, जसिता गुरुङले । व्यापार औसत रहे पनि जसिताको अभिनय रुचाइयो । दुर्भाग्य ! निर्देशक चाम्ससँगको सम्बन्धमा खटपट आयो । सार्वजनिक रुपमै एकअर्काविरुद्ध खनिए । यसरी मर्माहत भएकी जसिताले लिलीबिलीकै नायक प्रदीप खड्काको साथ पाएकी छन् । प्रदीपले निर्माण गर्ने लभ स्टेसनमा उनी खेल्ने निश्चित भएको छ । निर्देशक हुन्, उज्ज्वल घिमिरे । एकातिर प्रदीप, अर्कातिर गिनेचुनेका पुराना निर्देशक घिमिरे । जसिता फुरुंग छन् । तर, लभ स्टेसनका लागि अझ केही महिना कुर्नुपर्नेछ उनले । कारण, प्रदीप यतिबेला रोजीको छायाँकनमा व्यस्त छन् । त्यसपछि उनले भैरवी खेल्नुपर्नेछ । अनि मात्र, लभ स्टेसनको पालो । 

 

प्रकाशित: जेष्ठ २४, २०७५