सांकेतिक भाषाको मोबाइल एप्लिकेसन

- विभु लुइटेल

राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाली सांकेतिक भाषाको मोबाइल एप्लिकेसन ल्याएको छ । यसमा हातबाट बनाउन सकिने चार हजारभन्दा बढी संकेत समाविष्ट छन् । अझ, इच्छा अनुरुपका संकेत अंग्रेजी र नेपाली दुवै भाषामा खोज्न सकिन्छ । बोल्न नसक्ने व्यक्तिका लागि मात्र नभई उनीहरुसँग संवाद गर्न चाहनेका लागि पनि यो एप्लिकेसन उपयोगी साबित हुनेछ ।

 

प्रकाशित: जेष्ठ २३, २०७५