बदलिएको व्यवहार

- नेपाल संवाददाता

वर्षमा एउटा फिल्म मात्र गर्छु भनिरहन्थे अनमोल केसी । त्यसमा लुकेको चाहना थियो, कम तर राम्रो फिल्म खेल्ने । होस्टेलदेखि कृसम्म आइपुग्दा राम्रो नभए पनि कम फिल्म खेले उनले । तर, कृबाट अपेक्षित प्रतिक्रिया नआएपछि अनमोलको बोली मात्र होइन, व्यवहार नै बदलिएको छ । एक होइन, एकसाथ तीन फिल्मको बोझ बोकेका छन् । यतिबेला उनकै होम प्रोडक्सनको क्याप्टेन छायाँकन भइरहेको छ । यसको रिलिजकै टुंगो छैन । तर, एकसाथ अन्य दुई फिल्ममा अनुबन्ध भएका छन्, ए मेरो हजुर ३ र सुदीप खड्काले लगानी गर्ने नयाँ फिल्ममा । रमाइलो पक्ष, फिल्मको कन्टेन्ट र अनमोलको पात्रभन्दा उनले लिएको पारिश्रमिकले अधिक चर्चा पाइरहेको छ, जुन एउटा अभिनेताको साखका लागि प्रीतिकर मानिँदैन । हिजोका चकलेटी हिरो आर्यन सिग्देल सही फिल्म छनोट गर्न चुकेर किनारा लाग्नुपर्‍यो, अनमोलले त्यही संकेत त देखाएका होइनन् ? 

 

प्रकाशित: जेष्ठ २३, २०७५