सुधारिएको कम्युनिस्ट पार्टी

- लाल कुमाल

सााच्चै भनुा भने नेकपा ‘सुधारिएको कम्युनिस्ट पार्टी’ हो । किनभने, यसमा कुनै एबीसीडी–पुच्छर जोडिएको छैन । पुच्छर काटिएकाले नै आज शक्तिशाली र विशाल पार्टी बन्न सकेको हो । भनिन्छ, आदिमानव पनि पुच्छरवाला थियो । पुच्छरवाला पुर्खा अहिले पनि जंगलमै छ । यसरी सुधारिएको पार्टीलाई निर्वाचन आयोगले दु:ख दिएको लाल कुमाललाई पटक्कै चित्त बुझेको छैन । उसको जम्बो केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व खोज्नु प्रतिगामी ‘ट्याउाट्याउा’ मात्र हो । नेकपा कतिसम्म सुधारिएको छ भने उसले त वार्षिक बजेटमै कुनै नारा राखेन । जनवादी गणतन्त्रको सपना नै देख्न छाडिसक्यो । उसको जहाजमा दुई जना त ‘पाइलट’ नै छन् । यसरी सुधारिएको पार्टीमा आदि–इत्यादि खोचे थाप्ने प्रयत्न गणतन्त्रविरोधी षडयन्त्र हुन सक्छ । बेलामै चेतना भया ! 

प्रकाशित: जेष्ठ २३, २०७५