माइक्रोसफ्टको फोनकल–बोट

- विभु लुइटेल

गुगल असिस्टेन्टले सफल फोन कल परीक्षण गरेको महिना दिन नबित्दै माइक्रोसफ्टले पनि आफ्ना फोनमा समान विशेषता ल्याउने जनाएको छ । चिनियाँ भाषामा यसको सफल परीक्षण भइसकेको र आगामी दिनमा यो अन्य भाषामा पनि ल्याइने माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले जानकारी दिएका छन् । यस प्रविधिलाई ‘साओ–आइस्’ नाम दिइएको छ । फेसबुकलगायत हजारौँ वेबसाइटमाथि प्रतिबन्ध लगाइएको चीनमा यस प्रविधि परीक्षण गर्न पक्कै सजिलो थिएन । बाध्यात्मक परिस्थितिमा वी–च्याटको डेटा प्रयोग गरी एआई बोटलाई प्रशिक्षण दिइएको थियो । साओ–आइस्मा प्रयोग भएको आवाज कृत्रिम नसुनिने प्रयोगकर्ताले बताएका छन् ।

प्रकाशित: जेष्ठ २२, २०७५