फ्लपको लस्कर

- नेपाल संवाददाता

के म तिम्रो होइन रबाट सोलो डेब्युको मौका पाएकी थिइन्, मरिष्का पोखरेलले । फिल्म युनिटले प्रचार–प्रसारमा उनैलाई प्राथमिकता दियो । तर, आर्यन अधिकारीसँगको अनस्क्रिन रोमान्सले जादु देखाउन सकेन । तैपनि, हिट फिल्म चपली हाइटको सिक्वेलमा खेल्न पाइन् । सिक्वेलले बजार तताइरहेकाले स्वाभाविक रुपमा मरिष्का आशावादी थिइन् । तर, यसको हालत पनि के म तिम्रो होइन र भन्दा भिन्न रहेन । यही नियतिलाई निरन्तरता दिएको छ, तेस्रो फिल्म लम्फूले पनि । २८ वैशाखबाट प्रदर्शित यस फिल्मलाई सुरुआतबाटै सुख्खा लाग्यो । अन्य कलाकारको तुलनामा मरिष्का परिचित भएकाले अपजसको भार पनि उनलाई बढी पर्ने भइहाल्यो । तर, सुर्ता मान्नुपर्ने खास कारण छैन । मिस्टर भर्जिन, साली कसको भेनाको, पण्डित बाजेको लौरी, प्रेमालयलगायतका फिल्म पाइप लाइनमा छँदैछन् । त्यसमाथि म्युजिक भिडियो निर्देशन पनि सुरु गरेकी छन् । 

 

प्रकाशित: जेष्ठ २२, २०७५