बालकृष्ण महाराजकी जय !

- सूर्जे नेवा:

द्वापर युगका हिरो थिए, श्रीकृष्ण । अहिले कलियुगमा हिरो भए बालकृष्ण । दही चोरेर खाएको आरोपमा हातमा बाँधिएको डोरी क्षणभरमा खोल्थे उतिबेलाका कृष्ण । मान्छे मारेको आरोपमा थुनामा रहादा पनि फुत्तै निस्कन्छन् अहिलेका बालकृष्ण । उबेलाका श्रीकृष्णमा दैवीशक्ति, अहिलेका बालकृष्णमा सत्ताको शक्ति । उबेलाका श्रीकृष्ण तन्त्रको पावर प्रयोग गर्थे, अहिलेका बालकृष्णले गणतन्त्रको पावर प्रयोग गरे । आउनुस्, अब हामी सबै दुई थाल भात खाएर एकै स्वरमा भनौँ– कलियुगका बालकृष्ण महाराजकी जय ! सर्वशक्तिमान ढुंगेल महाराजकी जय ! 

 

प्रकाशित: जेष्ठ २१, २०७५