क्रिप्टोकरेन्सीको सिकार शेर्पा

- नेपाल संवाददाता

आस्क एफएम नाम गरेको सामाजिक सञ्जालले जारी गरेको क्रिप्टोकरेन्सी ‘आस्कटी’ प्रचार गर्ने क्रममा एक शेर्पाले ज्यान गुमाए । जारी गरिएका दुई अर्ब टोकनमध्ये पाँच लाख टोकन सगरमाथाको टुप्पोमा राख्ने निर्णय गरियो । यसै क्रममा चार युक्रेनी नागरिकका साथ आरोहणमा गएका लामबाबु शेर्पा, ४५, चुचुरोमा पुगेर फर्कन पाएनन् ।

अनुमानित ५० हजार डलर बराबरको आस्कटी टोकन सगरमाथाको टुप्पोमा राखी ‘सक्नेले लिएर जाऊ’ भन्ने चुनौती एक भिडियोमार्फत जारी गरियो । इनिसियल क्वाइन अफरिङ (आईसीओ) थोरै भए पनि यस्तो प्रचारबाजीले आस्कटीको मूल्य बढाउँदै जाने पूर्वानुमान गरिएको थियो ।

आरोही तारस पोज्नीले ७ हजार ९ सय मिटरमा रहेको क्याम्प नम्बर ४ मा आइपुगेपछि मात्र लामबाबु हराएको थाहा पाए । फाइनान्स म्याग्नेट्ससँग पोज्नीले भनेका छन्, “त्यो मेरो जीवनकै सबैभन्दा रमाइलो यात्रा भयो ।”

प्रकाशित: जेष्ठ २०, २०७५

ट्याग: विदेशबाट