युट्युबमा इन्कग्निटो मोड

- विभु लुइटेल

युट्युबले आफ्नो मोबाइल एप्लिकेसनमा इन्कग्निटो मोड ल्याउने भएको छ । यस मोडमा हेरिएका भिडियो हिस्ट्रीमा संग्रहित हुने छैनन् । यसमा आफूले सब्स्क्राइब गरेका च्यानल पनि देखिने छैनन् । युट्युबको ‘रिकमेन्डेसन बेस्ड अन इन्ट्रेस्ट’समेत यस मोडमा लागू हुने छैन । सोही कारण अब प्रयोगकर्ताले हेरेका भिडियोबारे प्रयोगकर्ताबाहेक अन्य कसैलाई जानकारी हुँदैन ।

प्रकाशित: जेष्ठ १४, २०७५