चालकरहित कारमा एप्पल दोस्रो

- विभु लुइटेल

एप्पलका ५५ चालकरहित कार अमेरिकाको क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेहिकल्स्मा दर्ता भएका छन् । कम्प्युटर भिजन र विभिन्न सेन्सरका मद्दतले पथ पहिचान गरी सञ्चालन हुने यस्ता कार सडकमा देखिने खाल्डाखुल्डी वा अन्य अड्चन पहिचान गरी सहजै गुड्न सफल रहेको पुष्टि भइसकेको छ । चालकरहित कारको संख्या हेर्ने हो भने एप्पल दोस्रो नम्बरमा आउँछ । १ सय ४ वटा कार भएको जनरल मोटर क्रुज पहिलो नम्बरमा आउँछ । यसैगरी वेमोका ५१, टेस्लाका ३९ र टोयोटाका ११ चालकरहित कार छन् । 

 

प्रकाशित: जेष्ठ ९, २०७५