बल्ल दोस्रो फिल्म

- नेपाल संवाददाता

ए मेरो हजुर २ हिट भयो । यही फिल्मबाट अभिनय यात्रा थालेका सलिनमान वनियालाई अफरको ओइरो लाग्यो । चकलेटी लुक्सका यी अभिनेताको क्रेज सहरिया युवा पुस्तामा देखियो । तैपनि, उनी फिल्म खेल्न हतारिएनन् । आफ्नै व्यवसायमा मस्त रहे । झन्डै ६ महिनाको विश्रामपछि उनी नयाँ फिल्ममा अनुबन्ध भएका छन्, यात्रा फिल्मको ‘लिड एक्टर’ उनै हुन् । पहिलो फिल्ममा फितलो अभिनयका कारण उनले आलोचना खेप्नुपरेको थियो । सायद यही कारण हुनुपर्छ, यसपटक सुटिङ सुरु गर्नुअगाडि वर्कसपमा सहभागी भए । अभिनय प्रशिक्षण लिए । मिहिनेतको फल मीठो हुन्छ भनिन्छ । सलिनमानको हकमा कस्तो हुने हो कुन्नि ? 

 

प्रकाशित: जेष्ठ ९, २०७५