हिमाली भेगमा मनसुन अध्ययन

- नेपाल संवाददाता

युनिभर्सिटी अफ सिकागोका केही प्राध्यापक र विद्यार्थीले मनसुन–संरचना र यसमा परिरहेको प्रभाव नेपालको हिमाली भेगमा अध्ययन गरेका छन् । यसले वायु मात्र नभएर पानीका कण पनि मनसुनको हावाले माथि लैजाने तथ्य औँल्याएको छ । त्यसको प्रतिवेदन इटालीको सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रम छ ।

यसअघिका अधिकांश अध्ययनमा मनसुनी हावाले वायुमण्डलका तल्लो तहबाट उडाएर माथि कणहरु लैजाने देखाइएको थियो । अनुसन्धान टोलीलाई करिब १ सय ५० किलोको डिटेक्टरजडित हवाइजहाजलाई नेपालको हिमाली क्षेत्र पुर्‍याउन हम्मेहम्मे परेको खबर युसिकागो न्युजले दिएको छ ।

गत वर्ष नै गरिने भनिएको यो अध्ययन सफल हुन सकेको थिएन । लुई लर्नरले लेखेकी छन्, “धेरै व्यवधान आइपरे पनि मनसुनबारे छिट्टै नयाँ सिद्धान्त प्रतिपादन हुनेछन् ।”

प्रकाशित: जेष्ठ ८, २०७५

ट्याग: विदेशबाट