अब गुगल वान

- विभु लुइटेल

गुगल ड्राइभले आफ्नो सशुल्क सञ्चय योजनामा केही परिवर्तन ल्याउने भएको छ । नयाँ योजना अन्तर्गत प्रयोगकर्ताले थोरै शुल्क तिरेर यसले दिने सेवाको लाभ उठाउन सक्नेछन् । १५ जीबी स्टोरेज सबै प्रयोगकर्ताले नि:शुल्क उपयोग गर्न सक्छन् । तर, बढी स्टोरेज लिन चाहेमा केही पैसा तिर्नुपर्ने हुन्छ । त्यही शुल्क अहिले कम गरिएको हो । यी सबै सुविधा संग्रह गरिएको प्रणालीलाई गुगल वान नाम दिइएको छ ।

 

प्रकाशित: जेष्ठ ८, २०७५