अन्तिममा खिस्रिक्क

- नेपाल संवाददाता

पहिलो फिल्म लालपुर्जामा सौगात मल्लसँग स्क्रिन सेयर गर्न पाउँदा दंग थिइन्, मिरुना मगर । प्रदर्शन अगाडि लालपुर्जाले काफी चर्चा बटुल्यो । तर, जसै फिल्म रिलिज भयो, सुरुआतबाटै दर्शकको खडेरी लाग्यो । न त अपेक्षा अनुरुप सकारात्मक प्रतिक्रिया नै पायो । अर्थात्, पहिलो पाइलामै ठेस लाग्यो । त्यसअगाडि नै उनले लाउरेमा काम गरेकी थिइन् । तर, यसको प्रदर्शनको पत्तो छैन । यही बेला उनलाई अर्को पीडा थपिएको छ, रोजीबाट अन्तिम समयमा सहायक भूमिकामा खुम्चिनु परेर । यो फिल्ममा उनले प्रदीप खड्कासँग रोमान्स गर्ने पक्कापक्की पनि थियो । सोही कारण आफ्नो अभिनय यात्रालाई गति दिनेमा ढुक्क थिइन् । तर, घोषणा हुने बेला परामिता राणाले मुख्य भूमिका पाइन् । परेन त फसाद ! 

प्रकाशित: जेष्ठ ८, २०७५