पालोमा तीन फिल्म

- नेपाल संवाददाता

सुरक्षा पन्तको डेब्यु फिल्म अझै पनि फ्लप भयो । उनी आफैं ‘ मार्क’ भइनन् । दोस्रो फिल्म धनपतिले पनि अपेक्षाकृत व्यापार गरेन, मिश्रित प्रतिक्रिया पायो । तर, सुरक्षाको अभिनय कौशल धेरैले रुचाए । सामान्य भूमिकाबाट उनले लोभलाग्दो प्रसंशा कमाइन् । त्यसो नहँुदो हो त, उनी एकपछि अर्को फिल्ममा कसरी अनुबन्ध हुन्थिन् ? भैरे प्रदर्शनका लागि तयार भएको छ भने चंगाचेटको भर्खरै सुटिङ सकियो । 

यी दुवै फिल्मको रिजल्ट आउनुअगावै उनी गोपीमा अनुबन्ध भएकी छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने गोपीमा सुरक्षालाई धनपति जोडी खगेन्द्र लामिछानेसँगै देख्न पाइनेछ । फिल्म घोषणा कार्यक्रममा उनी भन्दै थिइन्, ‘ गोपीमा आफ्नो चरित्रलाई जीवन्त बनाउन सक्दो प्रयास गर्नेछु ।’ 

प्रकाशित: जेष्ठ २, २०७५