चटनी रोलमै सीमित

- नेपाल संवाददाता

सलोन बस्नेतले पचासको दशक अन्त्यतिर बाल–कलाकारका रुपमा कमाल नै गरेका थिए । प्राय: फिल्ममा उनी छुट्दैनथे । त्यसैले हिरोका रुपमा पनि उनको भविष्य उज्ज्वल हुने अपेक्षा थियो । तर, त्यस्तो भएको छैन अहिलेसम्म । होस्टेलबाट वयस्क चरित्रमा देखापरेका सलोन चटनी भूमिकामा सीमित भएका छन् । गाजलु र ए मेरो हजुर २ उदाहरण हुन् । भलै दुवै फिल्मबाट सलोनले धेरथोर प्रशंसा पाए । तैपनि, मुख्य भूमिकामा चलेका व्यापारले उनलाई पत्याएका छैनन् ।

जस्तो : नयाँ फिल्म लम्फुमा पनि सलोन सहायक भूमिकामा सीमित भएका छन् । प्रमुख चरित्रमा नव अनुहार कविर खड्का । सोही कारण प्रमोसनमा पनि कविरलाई नै प्राथमिकता दिइयो । सलोन त सधैँ छायामा । 

प्रकाशित: जेष्ठ १, २०७५