अनुरोध कि आक्रोश ?

- नेपाल संवाददाता

फेसबुकमा बढ्तै सक्रिय छन्, गायिका आस्था राउत । खासगरी महिलामाथि हुने हिंसाविरुद्ध चर्को आवाज उठाइरहेकी हुन्छिन् उनी । तर, २४ वैशाखमा यी गायिकाले फेसबुकमा लेखेको स्ट्याटसचाहिँ अलि फरक छ । 

उनका दर्जनभन्दा बढी हिट गीत छन्, ती गीतहरु अन्य गायिकाहरुले स्टेजमा गाएर पैसा बटुल्छन् । तर, मूल गायिका आस्थाको चाहिँ नाम पनि उल्लेख गर्दा रहेनछन् । यो प्रवृत्ति बढ्दै गएपछि उनको पारो चढेछ क्यार ! फेसबुकमा कुर्लिहालिन्, ‘गीत बौद्धिक सम्पत्ति हो । कुनै पनि बौद्धिक सम्पत्ति व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नु अनैतिक हो ।’ आस्थाले अगाडि लेखेकी छन्, ‘म मेरा गीत अरु कलाकारलाई स्टेजमा गाउँदै नगाउनू भन्दिनँ तर गाउँदा मूल सर्जकलाई क्रेडिटचाहिँ दिनैपर्छ ।’ अनुरोध गरेजसरी आस्थाले आक्रोश त पोखेकी होइनन् ?

प्रकाशित: वैशाख ३१, २०७५