मोदी ‘नट वेलकम’

- नेपाल संवाददाता

०७२ को विनाशकारी भूकम्पपछि नेपालमाथि भारतले लगाएको नाकाबन्दीको ह्याङओभरबाट मुक्त नभएका नेपालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमण रुचाएनन् । औषधि, खाद्यान्न, पेट्रोलियम आदिका लागि भारतमाथि निर्भर नेपाललाई नाकाबन्दीले निकै प्रभाव पारेको थियो । यी सामग्री त्यसताका सर्वसुलभ थिएनन् । पाइहाले पनि दोब्बर–तेब्बर मूल्य पथ्र्यो ।

भारतले भने नाकाबन्दी लगाउनुको पछाडि नेपालकै आन्तरिक झमेला जिम्मेवार रहेको बताउँदै आएको छ ।

‘भारतमा मात्र निर्भर हुँदा यो दिन देख्नुपरेको भान सबैलाई भयो । हामी डटेर लाग्यौँ, झुकेनौँ,’ नाकाबन्दीका कारण चीनतर्फ नेपालको झुकाव बढेको उद्धृत गर्दै पूर्वमन्त्री प्रकाशचन्द्र लोहनीले भनेका छन् । भारतीय मिडियाले अनेकचोटि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको पक्षधर उल्लेख गरेका छन् ।

‘नेपालीसँग भारतले गरेका अपूरा प्रतिबद्धताको लामो सूची छ । उनीहरु आजित भइसके । मोदीको नेपाल भ्रमणको विरोध यसैको प्रतिफल हो ।’ बीबीसी हिन्दीका लागि विनीत खरेलले लेखेका छन् ।

प्रकाशित: वैशाख ३०, २०७५

ट्याग: समसामयिक