अलिबाबा र दराजको सहकार्य

- विभु लुइटेल

दक्षिण एसियाली ई–कमर्स प्लेटफर्म ‘दराज’ चिनियाँ कम्पनी अलिबाबाको सदस्य भएको छ । नेपाल, पाकिस्तान, श्रीलंका, म्यानमार र बंगलादेशमा सञ्चालित दराज दक्षिण एसियाकै प्रमुख अनलाइन सपिङ गन्तव्य हो । यो सहकार्यसँगै अब दराजको बजार पनि अलिबाबाको जस्तै विश्वव्यापी हुने अनुमान गरिएको छ । अनि, यी देशबीचकोसम्बन्ध पनि थप बलियो हुँदै जाने टिप्पणी विभिन्न समाचार संस्थाले गरेका छन् । 

 

दराजले घरायसी सामान, इलेक्ट्रोनिक्स, फेसन सामग्री आदि बिक्री–वितरण गर्दै आएको छ । अत्यधिक चल्तीमा रहेका अन्तर्राष्ट्रिय भुक्तानी माध्यम नेपालमा अहिले उपलब्ध छैनन् । अहिलेसम्म यसको बजार सीमित भएका कारण त्यस्ता भुक्तानी माध्यमको आवश्यकताबोध पनि खासै भएको थिएन । तर, अलिबाबासँगको सहकार्यपछि नेपालमा यी माध्यम सर्वसुलभ बनाउन आवश्यक देखिएको छ ।

अलिबाबाले सुरुआती दिनदेखि विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रका अनुसन्धानमा लगानी गर्दै आएको छ । आगामी दिनमा नेपाल पनि यसबाट लाभान्वित हुने देखिन्छ ।

प्रकाशित: वैशाख ३०, २०७५