फोकटको तनाव

- नेपाल संवाददाता

ऋचा शर्माले आधा लभ बनाइन्, खेलिन् । पैसा त कमाएन नै, प्रशंसाको पनि खडेरी लाग्यो । तैपनि, हरेस खाइनन् र फेरि निर्माण गरिन्, सुनकेशरी । हरर जनराको यस फिल्मलाई अर्पण थापाले निर्देशन गरेका छन् । ऋचाले नखेल्ने कुरै भएन । रिलिज मिति तोकिएको छ, ११ जेठ । 

प्रदर्शन नजिकिँदै गर्दा प्रचार–प्रसारको चटारो हुनुपर्ने हो । तर, ऋचालाई फोकटको तनाव आइलागेको छ किनभने ११ जेठमा फिल्म रिलिज हुने निश्चित छैन । कारण, बक्स अफिस र सेयर बाँडफाँटको विषयलाई लिएर निर्माता संघले विरोध कार्यक्रम स्वरुप ४ जेठदेखि हललाई फिल्म नदिने घोषणा गरेको छ । अर्थात्, निर्माता संघ र चलचित्र संघबीच सम्झौता भयो भने मात्र नत्र सुनकेशरी हलमा लाग्ने सम्भावना ज्यादै न्यून छ । यही द्विविधाले हुनुपर्छ, सुनकेशरीको पर्याप्त प्रमोसन हुन सकेको छैन । क्या फसाद ! 

प्रकाशित: वैशाख ३०, २०७५