द्विविधै–द्विविधा

- नेपाल संवाददाता

कुनै समयकी एक नम्बर नायिका रेखा थापालाई अहिले साख जोगाउनै महाभारत परिरहेको छ । पछिल्लो फिल्म रुद्रप्रियाले दर्शकबाट प्यार नपाएपछि उनको करिअर थप संकटमा परेको हो । यही कारण हुनुपर्छ, नयाँ प्रोजेक्ट सुरु नहुँदै रेखा द्विविधाको दलदलमा फसेको प्रतीत हुन्छ । जस्तो : सुरुमा उनले फिल्मको नाम लाल मस्तिष्क राखिन् । निर्देशकमा सम्झना उप्रेती रौनियार रोजिन् । तर, एक महिना बित्न नपाउँदै फिल्मको नाम मालिका दिइएको छ, निर्देशकको कमान्ड रेखा आफैँले सम्हाल्ने भएकी छन् । त्यसो त रेखाका लागि निर्देशक निकाल्नु नौलो होइन । यसअगाडि पनि उनले हिम्मतवालीको सुटिङ सेटबाटै श्याम भट्टराईलाई हटाएर आफैँ निर्देशन गरेकी थिइन् । यसपटक कम्तीमा छायाङ्कनमा नजादै पूर्वघोषित निर्देशकसँग बिछोड भयो । 

 

प्रकाशित: वैशाख २५, २०७५