फिल्म छान्नै धौधौ

- नेपाल संवाददाता

लिली बिलीले अपेक्षाकृत व्यापार गरेन । जति गर्‍यो, पहिलो जस हिरो प्रदीप खड्काले पाए । खास गरी सहरिया युवा पुस्तामा उनको ‘ क्रेज’ देखियो । यति भएपछि फिल्मको ओइरो लाग्ने भइहाल्यो । अर्थात्, कति कलाकारलाई फिल्म नपाएर फसाद छ, प्रदीपलाई भने कुन छान्ने भन्ने चिन्ता । स्क्रिप्ट र टिम चयन नगर्नुको प्रत्यक्ष प्रभाव करिअरमा पर्छ भन्नेमा उनी सतर्क देखिन्छन् । जस्तो : अब रोजीको छायाङ्कनमा व्यस्त हुनेछन् । लिली बिली प्रदर्शनअगावै तय भएको भैरवीको सुटिङ अझ टुंगो लागिसकेको छैन । सोही कारण हेमराज बीसीको निर्देशन र गोविन्द शाहीको लगानी रहने फिल्मलाई ‘ब्याकअप’ राखेका छन् । अन्य ब्यानरले पनि अफर गरिरहेका छन् तर कसको फिल्म खेल्ने ? 

 

प्रकाशित: वैशाख २३, २०७५