‘पर्ख र हेर’

- नेपाल संवाददाता

सारा शिर्पालीको डेब्यु फिल्म रुद्र मात्र होइन, दोस्रो फिल्म पिँजडा ब्याक अगेन पनि व्यावसायिक रुपमा निरीह साबित भयो । यी फिल्मले सकारात्मक समीक्षा पाउन सकेन । निखिल उप्रेतीसँग अनस्क्रिन सेयर गर्न पाउँदा फुरुंग परेकी साराको हिट हिरोइन हुने सपना पूरा भएन । यता, उनको ‘इनोसेन्ट लुक्स’ देखेर दंग परेका दर्शकको आँत भरिएन । करिअरको सुरुआतमै तीतो अनुभव भोग्नुपरे पनि उनलाई निर्देशक सुव्रत आचार्यले साथ दिए, सुश्री सम्पत्तिमा खेलाएर । सुटिङ सकिएर फिल्म पोस्ट प्रोडक्सनमा छ । रिलिजको टुंगो लागेको छैन । तर, यतिबेला साराको हातमा अर्को फिल्म छैन, न गिनेचुनेको ब्यानरको नजरमा परेकी छन् । अब उनीसँग ‘पर्ख र हेर’बाहेक अर्को विकल्प नरहेकै हो ? अवस्था यस्तै देखिन्छ । 

 

प्रकाशित: वैशाख २०, २०७५