टाइगर उड्सले गरे नेपाली गल्फरको प्रशंसा

- नेपाल संवाददाता

ईएसपीएनले नेपालकै प्रथम व्यावसायिक महिला गल्फर प्रतिमा शेर्पामाथि अ माउन्टेन टु क्लाइम्ब शीर्षकको डकुमेन्ट्री बनाएको छ । रोयल नेपाल गल्फ क्लबको गोदाममा बस्दै आएकी शेर्पाले त्यहीँ गल्फ खेल्न सिकेकी हुन् ।

खेल्ने उपकरणको अभावका कारण उनी बुबाले रुखका हाँगा काटेर बनाइदिएको लठ्ठीले खेल्थिन् । आजसम्म  उनले दुई अन्तर्राष्ट्रियसहित ३३ प्रतियोगिता जितिसकेकी छन् । गल्फका बादशाह मानिने टाइगर उड्सले मुक्तकण्ठले शेर्पाको प्रशंसा गर्दै ट्वीट गरेका छन् ।

प्रकाशित: वैशाख १८, २०७५

ट्याग: विदेश